राष्ट्रपति रामचन्द्र पौडेललाई सानो हृदयघात

 

 

 

 

राष्ट्र पति रामचन्द्रपौडेललाई मायोकाड्रियल इन्फ्राक्सन (सानो हृदयघात) भएको छ। श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि गंगालाल अस्पताल पुग्नुभएका राष्ट्रपति पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसामा समस्या देखिएको अस्पताल स्रोतको भनाइ छ। 

 


 

उहा“लाई हृदयघात भएको र मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुनेलगायत समस्या भएपछि अस्पताल जानुभएको थियो। यस्तो स–साना हृदयघातले कुनै दिन ठूलो समस्या निम्त्याउने जिकिर गर्दै
ती चिकित्सकले भने, ‘समयमै अस्पताल आइपुग्नुभएकाले एनजीओप्लास्टी गरेर रक्तनली खोलेका छौं।’ चिकित्सकका
अनुसार एनजीओप्लास्टी गरेपछि मुटुले कस्तो काम गर्छ भनेर दुई दिन हेर्नुपर्ने हुन्छ। त्यसैले, राष्ट्रपति पौडेललाई दुई दिन अस्पतालमा नै राख्ने तयारी गरिएको छ।

No comments:

Post a Comment

Thanks for your comment

सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन, २०८३) का मुख्य १७ आकर्षणहरू! 📢

 📢 सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन, २०८३) का मुख्य १७ आकर्षणहरू! 📢 निर्माण व्यवसायी, इन्जिनियर, परामर्शदाता तथा सरोकारवाला सबैका लागि निक...