आर्यघाट लगियो सीता दाहालको शव

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाटमा लगिएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव बुधबार दिउँसो साढे २ बजेपछि आर्यघाट लगिएको थियो ।



 

दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । बुधबार नै मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

Next Post Previous Post
No Comment
Add Comment
comment url