अनिश्चितकालका लागि ओपीडी सेवा बन्द तोडफोडपछि नेपाल मेडिकल कलेजले गर्‍यो

 अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द भएको छ।




अस्पतालले प्रशासनले बुधबार एक सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ।

२८ जेठमा गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएका थिए। उपचारका क्रममा धितालको स्वास्थ्य अवस्था जटिल भएपछि पनि चिकित्सकले जानकारी नगराएको भन्दै मंगलबार बिरामीका आफन्त आन्दोलन र तोडफोडमा उत्रिएका थिए ।

आफन्तले अस्पताल परिसरमा नाराजुलुस, हुलहज्जत गरी अस्पताले टोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनले जनाएको छ।

धितालको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Next Post Previous Post
No Comment
Add Comment
comment url