यो घटनामा म सामेल थिइनँ खाँणको प्रतिक्रिया

 नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको दाबी गरेका छन् ।

जिल्ला अदालत, काठमाडौंले शुक्रबार खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

अदालतको आदेश बुझेपछि सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका खाँणले यो घटनामा आफू संलग्न नभएको बताए । उनले अघि भने, ‘यो घटनामा म सामेल थिइनँ । म निर्दोष छु ।’

अदालतको आदेश पूरा पढ्न नपाएको बताएका उनले आदेश पालना गर्ने बताए ।


 

No comments:

Post a Comment

Thanks for your comment

सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन, २०८३) का मुख्य १७ आकर्षणहरू! 📢

 📢 सार्वजनिक खरिद ऐन (दोस्रो संशोधन, २०८३) का मुख्य १७ आकर्षणहरू! 📢 निर्माण व्यवसायी, इन्जिनियर, परामर्शदाता तथा सरोकारवाला सबैका लागि निक...