डेटा शुल्क १५ दिनदेखि २० प्रतिसत घटाउने गिर्हकरेमा नेपाल टेलिकम

 



 


 

नेपाल टेलिकमले डेटाको शुल्क १५ देखि २० प्रतिशतसम्म घटाउने गरी आन्तरिक गृहकार्य थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा बी.टी. इन्टरनेशनलले शुक्रवार आयोजना गरेको ‘नेपालमा डेटा/इन्टरनेट शुल्क न्यूनीकरणका अवरोध’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत तथा नायब प्रबन्ध निर्देशक सङ्गीता पहाडीले यस्तो जानकारी दिएकी हुन् ।

 

 

उनले पछिल्लो दुई वर्षमा टेलिकमले डेटाको मूल्य ७५ प्रतिशतले घटाएको टिप्पणी गरिन् । ‘ब्यान्डविथको मूल्य नै महँगो पर्ने भएकाले टेलिकमको फिक्स इन्टरनेट अन्यको तुलनामा महँगो भएको हो,’ उनले भनिन्, ‘टेलिकमको कूल आयको २५ प्रतिशत हिस्सा नवीकरण शुल्कमा खर्च हुन्छ ।’ उनले टेलिकम सेवा प्रदायकले फ्रिक्वेन्सी शुल्क समेत महँगो तिर्नुपरेको टिप्पणी गरिन् ।

Next Post Previous Post
No Comment
Add Comment
comment url