12 Jul 2023

नियम विपरीत लिए ५५ लाख उपचार खर्च || आफ्नै वचनमा अडेनन् राष्ट्रपति,

 रकारले विशिष्टहरुको उपचार खर्च व्यहोर्न नेपालमा उपचार सम्भव नहुने मेडिकल बोर्डबाट सिफारिस लिनुपर्ने हुन्छ । त्यसैको आधारमा सरकारले तिनको स्वास्थ्य उपचार बापतको खर्च व्यहोर्ने गर्छ ।

सादगी नेता भनेर चर्चा गरिएका राष्ट्रपति रामचन्द्र पौडेल गत वैशाखमा उपचारका लागि दिल्ली जानुअघि मेडिकल बोर्डबाट सिफारिस लिएका थिएनन् ।

छातीको समस्याले उपचारका लागि ६ वैशाखमा दिल्लीस्थित अल इन्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) गएका राष्ट्रपति पौडेल १७ वैशाखमा नेपाल फर्किएका थिए ।

पौडेल नेपाल फर्किएपछि उनको सचिवालयले १९ वैशाखमा एउटा वक्तव्य जारी गर्दै भन्यो, ‘उपचारका क्रममा भएको खर्च राष्ट्रपति स्वयंले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

 



आर्यघाट लगियो सीता दाहालको शव

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाटमा लगिएको छ ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको दाहालको शव बुधबार दिउँसो साढे २ बजेपछि आर्यघाट लगिएको थियो ।



 

दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो । बुधबार नै मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ ।

11 Jul 2023

५ जनाको मृत्यु, एक जना बेपत्ता || मनाङ एयरको हेलिकप्टर दुर्घटनामा

 मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।


 

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन ।

अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

 


भारतबाट मुर्रा भैंसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस

 छिल्लो समय नेपाली सञ्चारमाध्यममा मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो । यो विषय नेपालको सङ्घीय संसद्मासमेत चर्चा पायो ।

हाँसोमजाकको विषय पनि बन्यो तर कृषिप्रधान नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार अत्यावश्यक छ । देश–विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग उक्त जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री दाहालको उक्त भ्रमणका अवसरमा उपलब्ध गराउने समझदारी भएको थियो ।


 

एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा एक हजार पाँच सय किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन् । मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन् । यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन् । व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता मुलुकका लागि यो एक प्रकारको वरदान नै हो । केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो । औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति र विविध प्रक्रिया पूरा गर्नुपर्छ ।

सो फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो । हाल एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन् । ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ ।

 

यसरी हटाउनुहोस् तपाईंको एन्ड्रोइड फोनमा 'मालवेयर' भाइरस छ ?

 मालवेयर र भाइरस धेरै नयाँ विषय होइनन् । तर पछिल्ला केही वर्षहरूमा कुनै पनि डिभाइस मालवेयर र भाइरस विहिन छैनन् र यसको आकम्रण दिन प्रदिन बढ्दै पनि गइरहेको छ । विशेषगरी एन्ड्रोइड फोन मालवेयरबाट धेरै संक्रमित हुने गरेको छ ।

एन्ड्रोइड फोनमा विभिन्न थर्ड पार्टी वेबसाइट, एप, फिशिङ इमेल तथा मेसेजहरूबाट मालवेयर इन्स्टल हुने गर्छन् । कहिलेकाही त आफू सावधान हुँदाहुँदै पनि फोन संक्रमित हु्नसक्छ ।

फोनमा मालवेयर भएको कसरी थाहा पाउने ? 

१. समय- समयमा एपहरू क्रयास हुनु 

फोनमा भएका बग अथवा अन्य विभिन्न कारणले कहिलेकाही एपहरू क्रयास हुनु अर्थात् प्रयोग गर्दागर्दै अड्किनु वा ओपन गरेपछि नचल्नु सामान्य कुरा हो । तर यदि तपाईँको डिभाइसमा यो समस्या बारम्बार आइरहेको छ भने तपाईँ सचेत हुनुपर्छ । विभिन्न मालवेयरको कारण डिभाइसमा एप नचल्ने, ह्याङ हुने तथा प्रयोग गर्दा गर्दै आफै बन्द हुने वा अड्किने समस्या आउछ । 

२. डेटाको खपत बढ्नु 

सामान्यतया हामीले मोबाइलमा डेटा प्रयोग गर्दा कति प्रयोग गर्यौ भन्ने कुराको ख्याल गरिरहेका हुदैनौं । तर यदि तपाईँको मोबाइले डेटाको खपत अस्वभाविक रुपमा गरिरहेको  छ । सामान्य समय भन्दा धेरै डेटा खपत भइरहेको छ भने तपाईँको डिभाइसमा मालवेयर छ भन्ने संकेत हो । 

३. अनावश्यक मेसेज 

यदि तपाईँ अनावश्यक रुपमा नचिनिने नम्बरबाट विभिन्न प्रकारका बुझ्न नसकिने मेसेज, कुनै 

लट्री भनेर आउने मेसेज, कुनै लिंक क्लिक गर्नका लागि आग्रह गरिएको मेसेज अथवा असामान्य प्रकृतीको मेसेज प्राप्त गरिरहनु भएको छ भने तपाईँको फोन मालवेयरबाट संक्रमित भएको छ । 

४. ब्याट्रीको खपत बढ्नु 

डिभाइसमा मालवेयर भएको पत्ता लगाउने सबैभन्दा सहज तरिका हो ब्याट्रीको खपत ख्याल गर्नु । मोबाइल अत्यावश्यक डिभाइस भएका कारण हामी बारम्बार चार्ज कम नहोस् भन्ने कुराको ख्याल गरिरहन्छौं । यसैले यदि तपाईँको मोबाइलको ब्याट्री खपत अनावश्यक रुपमा बढिरहेको छ भने  तपाईँको मोबाइलमा मालवेयर इन्स्टल भएको हुनसक्छ । अन्य विविध कारणले पनि ब्याट्रीको खपत बढ्नसक्छ । तर मोबाइलमा अन्य समस्या नभएको अवस्थामा पनि ब्याट्री चाँडो सकिने समस्या भइरहेको  छ भने यो मालवेयरको संकेत हो ।

 

वनएक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार, युट्युबर तथा एजेन्टविरुद्ध अदालतमा मुद्दा दर्ता

अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म वनएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार तथा युट्युबर विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता भएको छ । उनीहरुलाई प्रहरीले एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग सहित जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

गत महिना वनएक्स बेटको एजेन्टका रूपमा सक्रिय भएको आरोपमा पक्राउ परेका दिनेश खड्का, अनिता धिताल लगायत १० जना युट्युबर तथा कलाकार विरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले एजेन्ट खड्का र धितालविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ विगो दाबी गरी अभियोग पत्र दायर गरेको छ ।

 


नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ ।

हेली पठाइँदै || मनाङ एयरको बेपत्ता हेलिकप्टर खोज्न अल्टिच्युडको

 मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।


  काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ । मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो । हेलिकप्टरमा ६ जना सवार छन् ।

Loksewa Survey Engineering Full note and mcq

 Source : social media   If want to buy in pdf comment us